बोको हरामको आक्रमणबाट २० सर्वसाधारणको मृत्यु

13 January, 2018 00:15 | विश्व समाचार | comments | 6300 Views
नाइजेरियामा बोको हराम लडाकूद्वारा गरेकोे पछिल्लो आक्रमणमा जङ्गलमा दाउरा खोजिरहेका २० जना गाउँलेको मृत्यु भएको छ । 

बोको हरामका लडाकू सदस्य र स्थानीयबासिन्दाले शुक्रबार दिएको जानकारी अनुसार आम नागरिक विरुद्ध लडाकूहरुले गरेको आक्रमणमा परी उत्तरपुर्बी नाईजेरियामा उनीहरु मारिएका हुन् ।

मोटरसाइकलमा आएका बन्दुकधारी आक्रमणकारीहरूले दाउरा संकलन गरिरहेका दाउरेहरूमाथि जथाभावी बन्दुक प्रहार गरेका थिए ।

घटना सोमबार बोर्नो राज्यको राजधानी माईडुगुरी नजिकै पर्ने काजे गाँउमा भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।

घटनापछि अरु १५ जना हराइरहेका र आक्रमणकारीद्वारा त्यत्तिकै संख्यामा गाउँलेहरू अपहरणमा लिएकोे लडाकूका नेता इब्राहिम लिमानले एएफपीलाई जानकारी दिए ।

नाईजेरियाको सरकार र सेनाले आक्रमणकारी इस्लामिक स्टेट (आइएस) लडाकू समूहसँग आबद्ध भएकोे बताउदै आएका छन् ।

नाईजेरियामा सन् २००९ देखि सुरु भएको द्वन्द्वमा परी अहिले सम्म २० हजार नागरिक मारिएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More