ब्याटिङ सुरु गरेको ३० मिनेटमै जीत निकाल्यो नेपालले, भुटान ९ विकेटले पराजित

13 September, 2017 15:03 | खेल | comments | 12900 Views

नेपालले मलेसियामा जारी यू १९ एसीसी पूर्वी क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको दोस्रो खेलमा भुटानमाथि सहज जीत हातपारेको छ । नेपालले खेल सुरु गरेको ३० मिनेटमै विजयी लक्ष्य भेट्टाएको थियो ।

बुधबार भएको खेलमा भुटानको दिएको ५१ रनको लक्ष्य नेपालले ८‍.३ ओभरममा एक विकेट गुमाएर भेटाएको थियो । नेपालले जवाफी ब्‍याटिङ गरी ३० मिनेटमा ९ विकेट विकेटको जीत हासिल गरेको हो ।

नेपालको जितमा ओपनर मोहमद आसिफ शेखले नटआउट २३ र अनिल साहले नटआउट ४ रन जोडे । यस्तै ओपनर सन्दीप सुनारले २६ बलमा ३ चौका प्रहार गर्दै २१ रन जोडेर आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटान निर्धारित २८ ओभरमा ५० रनमा अलआउट भएको थियो । जसमा भुटानको इनिङ ध्वस्त पार्न नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी एक्लैले ५ विकेट लिन भ्‍याए भने सन्दीप लामिछानेले ४ विवेट र नन्दन यादव १ विकेट लिएका थिए ।

समूह एमा रहेको नेपालले विहीबार सिंगारपुरसँग भिड्‍ने छ ।

नेपालद्वारा थाइल्याण्ड २५५ रनको भारी अन्तरले पराजित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More