‘ब्लाइन्ड रक्स’को पहिलो गीत ‘उड्यो मन’ सार्वजनिक (भिडियो)

12 January, 2018 17:12 | कला/मनोरन्जन , कलिउड | comments | 10950 Views

दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवन पेश गर्ने बायोपिक चलचित्र ब्लाइन्ड रक्स’ को पहिलो गीत सार्वजनिक भएको छ  । सार्वजनिक ‘उड्यो मन’ गीतमा कत्थक नृत्य र शाष्त्रिय संगीतको स्वाद मिश्रण छ ।

हरि लम्सालद्धारा संगीतबद्ध गीतलाई बानिका प्रधानले गुनगुनाएकी छन् । नरेश भट्टराईको शब्द रहेको गीमा बेनिशा हमाल फिचरिङ छिन् ।। ‘धेरैपछि दर्शकले शाष्त्रिय संगीतको स्वाद लिन पाउँछन्’ निर्देशक मिलन चाम्सले भने, ‘यसमा कत्थक र क्लासिकल स्वाद मिश्रण गरिएको छ ।’

एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ ।

लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित फिल्म फागुन १८ गते  बाट देशव्यापी प्रदर्शन हुँदैछ । फिल्म नेपाल रिलिजको एकदिनअघि हङकङ प्रदर्शन गरिँदैछ । माघको पहिलो साता सिनेमाले देशव्यापी टुर समेत थाल्दैछ ।

सृष्टिसँग नाम जोडिएपछि सौगातको प्रेमिकाले दुखाइन मन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More