‘ब्ल्याक प्यान्थर’ विश्वभर रुचाइँदै

14 March, 2018 19:17 | कला/मनोरन्जन , हलिउड | comments | 87750 Views

हाल प्रदर्शनमा रहेको मार्वल युनिभर्सको हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ले एक अर्ब डलरभन्दा बढी रुपैंयाँ कमाई गरिसकेको छ ।

पृथ्वीको सबैभन्दा उच्चतम प्रविधि रहेको देशको रुपमा कल्पना गरिएको वकान्डा नामक एक काल्पनिक अफ्रिकी देशको कथामा आधारित फिल्ममामा अभिनेता चैडविक बाजमैनले अपराधसँग लड्ने एक शासकको भूमिका निर्वाह गरेका छन् ।

adsads

यो फिल्ममा ओस्कार विजेता लुपिता न्योंगो, माइकल बी जोर्डन र डैनियल कलुयाले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । फिल्ममा ‘द होबिट’का स्टार मार्टिन फ्रिमेन पनि छन् जसले सिआइए एजेन्ट एवरेट रोसको भूमिका निर्वाह गरेका छन्।

फिल्म हेर्ने अधिकांशले फिल्मलाई ‘गेम चेञ्जर’का रुपमा तारिफ गरेका छन्। पूर्व अमेरीकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाले फिल्ममा धेरै संख्यामा अस्वेत कलाकार राखिएकोमा त्यसको तारिफ गरेकी छन् । फिल्मका निर्देशक रेयान कुगलर पनि अश्वेत हुन् । हलिउड बक्स अफिसका विश्लेषक जेफ बोकले फिल्मको कमाईले नयाँ कोशेढुंगा कायम गरेको बताएका छन्।

डिज्नीको टिकट विक्री आँकडा अनुसार फिल्मले रिलिजको २६ औं दिनमा एक अर्ब कमाईको आँकडा छोइसकेको छ ।

युट्युब नम्बर एक ट्रेन्डिङमा हलिउड फिल्म ‘एभेन्जर’को ट्रेलर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

आर्डेन

फेसबुक

आर्डेन

ट्वीटर

सामाजिक सञ्जाल

More