भंगहा र एकडरामा राजपा विजयी

23 September, 2017 14:11 | स्थानीय तह निर्वाचन | comments | 29700 Views

महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार ४७८ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार चार हजार ३९६ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका ओमशंकर यादवले तीन हजार ७६६ र राजनारायण साहले तीन हजार ६६ मत ल्याउनुभएको छ ।

त्यसैगरी एकडारा गाउँपालिका अध्यक्षमा राजपाकै रामछविला साह दुई हजार ३१८ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सोही दलकी महजवी खातुन दुई हजार २५२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत पोखरेल बताउनुभयो ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वीमा क्रमशः संघीय समाजवादी फोरम नेपालका दीपनारायण मण्डलले एक हजार ९६८ र निर्मलाकुमारी यादवले एक हजार ९९५ मत ल्याउनुभएको छ ।

सिम्रौनगढमा काँग्रेस र राजपा विजयी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More