भक्तपुर-२ को समानुपातिकतर्फ पनि एमालेको अग्रता

12 December, 2017 18:26 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 18000 Views

भक्तपुर क्षेत्र नं. २ को समानुपातिकतर्फ पनि एमालेले अग्रता लिएको छ। हिजोबाट मतगणना सुरु भएको समानुपातिक तर्फ हालसम्म २५ हजार ४ सय ४९ मतगणना सकिएको छ ।

जसमा ७ सय २४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले जनाएको छ। प्रत्यक्षतर्फ झै समानुपातिकमा पनि एमालेले आफ्नो अग्रता यथावत राखेको छ। एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत विवेकशील साझा पार्टीले पाएको निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए।

अधिकृतको सिलवालले समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले १२ हजार २ सय २० मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ। यसैगरी, कांग्रेसले ५ हजार ५ सय ९२ मत हासिल गरेको छ। विवेकशीलले २ हजार ५ सय १८ मत, नेमकिपाले १ हजार ८ सय १७, माओवादी केन्द्रले १ हजार ८२ र राप्रपाले ६ सय ९८ मत पाएका छन्। त्यसैगरी, भक्तपुर-१ मा समानुपातिकको मतगणना सुरु भएको छ।

मिश्रित निर्वाचन प्रणाली, समावेशी कि समस्या

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More