भगवान शिव बन्दै अभिनेता ऋतिक रोशन

15 July, 2017 15:20 | कला/मनोरन्जन , वलिउड | comments | 72450 Views

फिल्ममेकर सञ्जय लीला भंसालीले लेखक अमीश त्रिपाठीको चर्चित पुस्तक ‘द इम्मोर्टल्स अफ मेलुहा’को राइट्स खरिद गरेका छन् । भगवान शिवमाथि लेखिएको यो पुस्तक निकै चर्चामा रहेको थियो ।

संजय लीला भंसालीले आफ्नो नयाँ फिल्ममा भगवान शिवको भूमिका ऋतिक रोशनलाई दिएका छन् । ऋतिक अहिले आफ्नो परिवारसँग अमेरिकामा छुट्टी मनाइरहेका छन् । तर, सुत्रका अनुसार उनी यो भूमिकालाई लिएर निकै एक्साइटेड छन् ।

केही समय अगाडिसम्म करण जोहरसँग यो पुस्तकको राइट्स खरिद गरेका थियो । त्यस बखत भगवान शिवका भूमिकाको लागि सलमान खान, ऋतिक रोशन, वरुण धवन र टाइगर श्राफ जस्ता स्टारको नाम अगाडि आएको थियो । तर, करण जोहरको यो सपना पूरा भएन ।

सञ्जय लीला भंसाली र ऋतिक रोशनले सन् २०१० मा आएको फिल्म ‘गुजारिश’ मा एकसाथ काम गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More