भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि सर्भे शुरु

22 April, 2018 11:16 | जन सरोकार | comments | 60900 Views

झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ ।

रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिनुभयो ।

adsads
उहाँका अनुसार रात्रिकालीन उडानका लागि अत्यावश्यक ‘आइएफआर फ्लाइट’ कार्यविधि तयार भएको छ । अहिले विमानस्थलमा पाँच हजार मिटरबाट विमान अवतरण र उडान भइरहेको छ ।

आइएफआर प्रविधिपछि १७ सय मिटरबाट अवतरण र उडान गर्न सकिने कार्यालयले जनाएको छ । तीन महिनाभित्र काम सम्पन्न गरेर आगामी दशैँसम्ममा रात्रिकालीन उडान गर्ने लक्ष्य रहेको प्रमुख चुडालले बताउनुभयो । रात्रि उडानका लागि बुद्ध एयरले परीक्षण उडान गरिसकेको छ ।

विमानस्थलको धावनमार्गमा कुकुर पुगेपछि जहाज ‘ओभरसुट’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More