भरतपुरको मतगणना जारी : वडा नं. १९ मा रेणुलाई पहिलेको भन्दा बढी भोट

5 August, 2017 19:09 | स्थानीय तह निर्वाचन | comments | 13650 Views

मतगणना क्रममा मतपत्र च्यातिएपछि शुक्रबार भरतपुर महनगरपालिकाको वडा नं १९ को पुनः मतदानपछि भएको मतगणना अहिले जारी छ । यतिबेला २० वडाको मतगणना चलिरहेको छ ।

वढा नं. १९ को मतगणना सम्पन्न भैसकेको छ । सो वडामाा एमाओवादी उम्मेदवार रेणु दाहालले यसअघिको भन्दा बढीमत पाएकी छिन् ।

अहिलेसम्मको स्थितिमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतअन्तर घटाउँदै लगेकी छिन् । वडा नंं. २० को ८ सय मत गन्दा नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीले ४२ हजार २०१ मत ल्याएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले ४२ हजार ४६ मत ल्याएकी छन् ।

यसअघि १९ नम्बर वडाको गणना सकिँदासम्म ज्ञावालीको मत ४१ हजार ९४६ मत हुँदा रेणुको मत ४१ हजार ७२५ थियो । ज्ञवालीले अग्रता कायम राखे पनि दाहालले मतान्तर घटाउँदै लगेकी छिन् । अहिले देवी रेणुभन्दा १५३ मतले अघि छन् ।

जेठ १४ गते मध्यराति वडा नम्बर १८०९ गणना हुँदा मतपत्र त्यातिएको थियो । जतिबेला देवीको मत ४० हजार ९८० थियो भने रेणुको ४० हजार १९६ थियो ।

१९ नमबरको पुनः मतदानमा रेणुले अघिल्लो पटक भन्दा बढी भोट पाएकी थिइन्, जसका कारण यो वडाको मतगणना सकिँदासम्म एमाले उम्मेदवार देवी ज्ञवालीसँग रेणुको मतअन्तर मात्र २२१ मतमा झारेको थियो । उनले मतान्तर अझै घटाउँदै लगेकी छिन् ।

१९ नम्बर वडामा रेणुले देवीले भन्दा ५६३ मत बढी पाएकी थिइन् । यो एमालेका लागि अपेक्षाकृत थिएन ।

यसैबीच भरतपुर महानगरपालिका वडा नः १९ का नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङले १४७८ मत ल्याई विजयी भए । उनले एमालेका उम्मेदवार प्रकाश तामाङलाई हराए । यो वडामा माओवादीले कांग्रेसलाई समर्थन गरेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More