भवन भट्टको बीबी एयरवेजले चार महिना भित्र अन्तराष्ट्रिय उडान सुरु गर्ने

12 October, 2017 17:10 | कर्पोरेट/पर्यटन | comments | 36000 Views

नेपालका विविध क्षेत्रमा लगानी विस्तार गरिरहेका भवन भट्टले टिबीआई समूह अन्तर्गत रहेको बीबी एयरवेज मार्फत केहि समय अघि खरीद गरेको बोइङ मार्फत चार महिना भित्र आफ्नो अन्तराष्ट्रिय उडान सुरु गर्ने तयारी गरेका छन् ।

बीबी एयरवेजले नेपाल एयरलाइन्सको बोइङ ७५७ किनेर उक्त विमानको रिपेयरीङको काम गरीरहेको छ । १५ करोड रुपैयाँमा किनेको सो बोइङ मर्मतपछि काठमाडौं-नयाँ दिल्ली उडान भर्ने तयारीमा एयरवेज रहेको सिईओ अनिमेष विष्टले बताएका छन् ।

बोइङलाई थप मर्मत र पार्टपुर्जा परिर्वतनका लागि मलेसिया या दिल्ली लैजाने तयारी गरीरहेपनि सहज विकप्ल अपनाउने विषयमा छलफल भइरहेको छ । बिबि एयरवेजले आफ्नो अन्तराष्ट्रिय उडानको सुरुवात नेपाल एयरलाइन्सको बोइङबाटनै सुरु गर्ने जनाएको छ ।

निगमले सार्वजनिक उडान गर्न नमिल्ने भन्दै उक्त जहाज बेच्ने निर्णय गरेको थियो । यद्धपिे कुनैपनि हवाइजहाज उडाउनै नहुने गरि पुरानो नहुने भएकाले निगमसँग किनिएको बोइङ उडाउन मिल्ने एयरवेजले जनाएको छ । यद्धपि सिइओ विष्टले एयरक्राप्ट कहिल्यै पुरानो हुँदैन, समय अनुसार सामानहरू परिवर्तन गर्नु पर्ने भन्दै उक्र विमानको पनि केहि पार्टपुर्जाहरु परिर्वतनको तयारी एयरवेजले गरिरहेको जानकारी दिए ।

उनका अनुसार उडाउनै नमिल्ने भए १५ करोड रुपैयाँ हालेर आफूहरूले जहाज किन्नुको कुनै अर्थ नरहने भन्दै पार्टपुर्जा परिर्वतन भने गर्ने बताएका थिए । ४ महिनाभित्र सम्पुर्ण तयारी पुरा गरी बोइङमार्फत दिल्ली उडान थालिने विष्टले स्पष्ट पारे । एयरवेजले निगमसँग अर्को विमान खरीदको तयारी पनि गरिरहेको छ ।

बोइङबाट सेवा सुरू गरेपछि एयरबस किन्ने तयारीमा कम्पनी रहेको सिइओ विष्टले जानकारी दिए । बीबी एयरवेजले नेपालमा यसअघि २०६९ साल भदौ ८ गते व्यवसायिक उडान थालेको थियो । पहिलो उडान उसले मलेसिया गरेपनि उसले उक्त उडान सुरू भएको ३ महिनामानै सेवा बन्द गरेको थियो । बीबी एयरवेजले २०२ क्षमताको एयरबस लिजमा लिएर सेवा सुरू गरेको थियो ।

टिबीआई ग्रुपको मातहतमा करीब २१ वटा कम्पनी रहेका छन् । रियल स्टेट, कन्सट्रक्सन, ट्राभल एण्ड ट्रेड, होटल, वेभरेज, मिडिया लगायतका क्षेत्रमा भट्टको लगानी छ । त्यसमध्येको एक टीवीआई फुड्सले अहिले जापानमा २ सय भन्दा बढी रेष्टुराँ संचालन गरिरहेको छ । यो समूहको आम्दानीको मुख्य स्रोतका रुपमा रेष्टुराँहरु रहँदै आएका छन् ।

एनआरएनए अध्यक्षका लागि भवन भट्टको उमेदवारी घोषणा (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More