भव्य रहयो ‘सायद २’को जापान प्रिमिएर (फोटो फिचर)

15 May, 2017 17:38 | कला/मनोरन्जन , जापान | comments | 2 Views

नायक सुशिल श्रेष्ठको गेटअप टोकियोको नाकानो जिरो हलमा अचानक देखेर जापानमा रहेका उनका फ्यानहरु फाटो खिचाउन हतारिएका देखिन्थे। स्थान नाकानो जिरो हल कार्यक्रम‘सायद २’को जापान प्रिमिएर सो मा दर्शकको चाप बढदो थियो।

साँझको समयमा नायक सुशिल मात्र होइन नेपालबाट सहभागि निर्माता र अन्य कलाकारहरुको समेत उपस्थितिले नाकानो हलमा नेपाली युवायुवतीहरुको चहलपहल भिन्न थियो। अझ नायकको आमगनले उनीहरुलार्इ फोटो खिचाउन अलिक भ्यार्इनभ्यार्इ थियो।

टोकियोमा पहिलो पटक गरिएको रेड कार्पेटमा ‘सायद २’चलचित्र भाग्यमानी ठहरियो। दर्शकको साथ अनि टोकियोमा चलेका अन्यचलचित्र भन्दा नयाँ शैलीलार्इ दर्शकले रुचाएका थिए। ३० असार प्रदर्शन मिति तय भएको चलचित्र ‘सायद २’को जापान प्रिमिएर भब्य भएको छ । आइतबार जापानको राजधानी टोकियो स्थित नाकानो जिरो हलमा आयोजित प्रिमिएरमा दर्शकले राम्रै साथ दिएका थिए ।

निर्माता सुनिल रावल, नायक सुशील श्रेष्ठ, पत्रकार श्याम अर्याल र सचित खड्का लगायत प्रिमिएरका लागि नेपालबाट सहभागी थिए । भने जापानमा रहेका निर्माताद्धय र्इश्वर श्रेष्ठ र सुवास लामिछानेले कार्यक्रमकाे स्थानिय संयाेजन गरेका थिए।

नेपाली दुतावास जापानका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल र एनआरएन जापानका अध्यक्ष सुदन थापाको समेत उपस्थिती रहेको प्रिमिएरमा चलचित्र हेर्न दर्शकको भिड लागेको थियो । प्रिमिएरमा सहभागी धेरै दर्शकले चलचित्र मन परेको प्रतिक्रिया दिएका थिए ।

दुर्गिश फिल्म्सको ब्यानरद्वारा निर्मित चलचित्र ‘सायद २’मा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, शोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल , निशा कार्की, रुबिना श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द, गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । चलचित्रको लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेले गरेका छन् ।

चलचित्र निकै राम्रो रहेको र आफुहरुले भरपुर मनोरंजन प्राप्त गरेको प्रतिक्रिया प्रिमिएर पश्चात दर्शकले दिएको निर्माता सुनिल रावलले बताए । दर्शकले चलचित्रमा कलाकारहरुकाे अभिनयसंगै कथा र कलाकारहरुकाे डायलगहरु रुचाएकाे निर्माता र्इश्वर श्रेष्ठले नेपाल जापान डटकमलार्इ बताए।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More