Friday 26, May 2017
नेपाली समय: 01:53:01
जापानी समय: 05:08:01

भारतमा ढिस्कोमा पुरिएर मृत्यु भएका चारैजनाको सामूहिक दाहसंस्कार

8 January, 2017

दाहसंस्कार

भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएका चारजना नेपाली मजदुरको शनिबार सामूहिक दाहसंस्कार गरिएको छ ।

हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बमको मृत्यु भएको थियो ।

घटनास्थलबाट कञ्चनपुरको झलारीका स्थानीय नरेन्द्र विष्टले मृतक चारैजनाको शनिबार भारतको धार्मिकस्थल हरिद्वारमा दाहसंस्कार भएको जानकारी दिनुभयो ।

मृतक चारैजनाका आफन्त घटनास्थल पुगेर शुक्रबार शव बुझेपछि शनिबार दाहसंस्कार गरिएको विष्टले जानकारी दिनुभयो ।

‘हामी दाहसंस्कार गरेर नेपाल फर्किंदैछौँ ।” उहाँले भन्नुभयो –“मृतकका आफन्तलाई निर्माण कम्पनी र भारत सरकारबाट आर्थिक सहयोगको आश्वासन मिलेको छ ।”

भारतमा माटोको ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo