भारतले नेपाली सीमा मिचेको दाबी गर्दै सर्वोच्चमा रिट

23 January, 2018 20:59 | जन सरोकार | comments | 29100 Views

भारतले वीरगन्जमा नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगन्जको सिर्सिया नदी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ । रिटमा प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल-भारत सीमा टोलीका प्रमुख लगायतलाई विपक्षी बनाइएको छ ।

पुराना पिल्लरको ठाउँमा नयाँ पिल्लर राख्दा नेपालतर्फ गाडिएकाले उक्त सीमा पिल्लर गाड्ने कार्य रोक्न माग गरिएको छ । सुगौली सन्धि र १८१६ देखि १८९० सम्मका आधार नक्सा विपरीत वीरगन्ज महानगरपालिका १ छपकैया क्षेत्रको सिर्सिया खोलाधार तर्फको लगभग ३ सय मिटर नेपालको जमिन मिची मूल पिल्लर तथा सहायक पिल्लर राख्न खाल्टो खन्ने काम भइरहेको दाबी रिटमा गरिएको छ ।

सुगौली सन्धिविपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरिएको छ । सन्धि अनुसार निर्माण भएका जंगे पिल्लरभन्दा फरक प्रकृतिले सीमा स्तम्भ गाड्ने कुनै निर्णय भएको भए उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग रिटमा गरिएको छ ।

पहिलो सुनुवाइको पेशी बुधबारका लागि तोकिएको छ । वीरगन्जको छपकैयामा सीमा स्तम्भ गाड्ने क्रममा आफूहरुको ५० बिघा जग्गा मिचिएको भन्दै स्थानीय बासिन्दाले विरोधमा उत्रिएका छन् । तर नापी विभागले विज्ञप्ति जारी गरी नेपाली भूमि नमिचिएको दाबी गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More