Tuesday 21, February 2017
नेपाली समय: 06:20:41
जापानी समय: 09:35:41

भारतले बोलायो नेपालीलीसँग भएका भारु नोट साट्न

8 January, 2017

indainrupee

भारतले नेपाल सरकारलाई नेपालीसँग रहेका भारु पाँच सय र एक हजारका नोटको व्यवस्थापन गर्न वार्ताका लागि बोलाएको छ । भारतमा प्रतिवन्धित भारुको सटही गर्ने समय सकिएपछि नेपाललाई वार्तामा बोलाएको हो ।

भारतमा गत आइतबार नै भारु सटहीको समय सकिएको थियो । भारतको विदेश मन्त्रालयले नेपाल सरकारलाई पत्र लेखेर वार्ताका लागि बोलाएको हो । गभर्नर डा.चिरञ्जीवी नेपालले विराटनगरमा आयोजित पत्रकारसँगको भेटमा यो जानकारी दिएका हुन् । उनले भने, ‘हाम्रो वार्ता टोली केही दिनमै भारत जाँदैछ ।’

वार्तामा बोलाएपनि नेपालीसँग रहेको भारु साटिने अन्यौंलता भने कायमै छ । बैंकिङ प्रणालीमा रहेको ३ करोड ३२ लाख भारु छ । भारतसँग खुला सीमा, ६५ प्रतिशत व्यापार र ४० लाख भन्दा बढी नेपाली भारतमा काम गर्ने भएकोले नेपालीसित प्रतिवन्धित भारु ठूलो परिमाणमा हुनसक्ने अनुमान गरिएको छ । नेपालीसँग रहेको भारु साटिने बारेमा गभर्नर नेपाल नै आश्वस्त छैनन् ।

भारत सरकारले डेढ वर्षअघि प्रत्येक नेपाली नागरिकले भारु पाँच सय र एक हजारका नोट २५ हजारसम्म राख्न स्वीकृति दिएको बताउँदै गभर्नर नेपालले नेपाली प्रतिनिधिमण्डलले यही आधार टेकेर वार्ता गर्ने बताए ।

 

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads