भारतीय प्रधानमन्त्रीको भ्रमणबाट विकास र समृद्धिमा सघाउ पुग्ने : गच्छदार

16 May, 2018 23:15 | राजनीति | comments | 42750 Views

कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट मुलुकको विकास र समृद्धिमा सघाउ पुग्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भारतीय प्रधानमन्त्रीसँगको भेटमा उहाँले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनुपर्ने शुभकामना दिनुभएको जानकारी दिनुभयो ।

adsads

नेता गच्छदारले जनकपुरमा मित्र राष्ट्रको सरकार प्रमुखको अभिनन्दन समारोह संविधानप्रति असन्तुष्ट पोख्ने उपयुक्त थलो नभएको बताउँदै मधेशी जनताको संविधानप्रतिको असन्तुष्टि संसद्बाट संशोधन गरी समाधान गर्न सकिने स्पष्ट पार्नु भयो । उहाँले नेपाली जनताको लामो त्याग, बलिदान संर्घष एवं प्रतिनिधित्वबाट निर्माण गरिएको ‘हाम्रो राम्रो संविधान’ न पहिले बनेका थियो न अब फेरि बन्ने छ भन्दै यसलाई विवादित नबनाई संशोधन गर्दै सर्वस्वीकार्य बनाउन सबैको जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसंमा उहाँले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच २०७४ असोज २९ गते भएको सहमति पार्टीले कार्यान्वयन गर्ने बताउँदै यस विषयमा पार्टीका अरु नेताहरुले के भन्छन् त्यस सम्वन्धमा चासो नभएको बताउनुभयो ।

नेता गच्छदारले काँग्रेसभित्रको गुट उपगुटलाई एक ढिक्का बनाइ राष्ट्रिय राजनीतिमा अगाडि लैजान फोरम लोकतान्त्रिक र काँग्रेसबीच भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More