भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप

17 July, 2017 16:52 | विश्व समाचार | comments | 55650 Views

पाकिस्तानले विवादास्पद क्षेत्र काश्मिरको सीमा क्षेत्रमा भारतीय सैनिकले गोली हानी आफ्ना चार जना सैनिकको हत्या गरेको आरोप लगाएको छ ।

पाकिस्तानी सैनिकले आइतबार अपरान्ह भारतीय सैनिक पक्षबाट पाकिस्तानी सेनाको गस्ती टोलीको सवारीमा पनि क्षति पु¥याएको बताएको छ ।

पाकिस्तान प्रशासित काश्मिरी क्षेत्र निलम उपत्यकामा सो हत्या भएको बताइएको छ । पाकिस्तानी सेनाले भारतको तर्फबाट सो आक्रमण भएको र आफूहरुले जवाफी फायर गर्नुपरेको जानकारी दिएको छ ।

पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिएको छ । उक्त घटनाको पाकिस्तानी प्रधानमन्त्र नवाज शरिफले निन्दा गर्नुभएको छ ।

साथै उहाँले पाकिस्तानी सैनिकले सीमा क्षेत्रमा गरेको प्रतिरक्षाको कामका लागि धन्यवाद पनि ज्ञापन गर्नुभएको छ ।
यस विषयमा भारतीय पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!