भासिएको नारायणगढ–मुग्लिन सडक भासिएको नारायणगढ–मुग्लिन सडक

  • भासिएको नारायणगढ–मुग्लिन सडक
  • भासिएको नारायणगढ–मुग्लिन सडक
  • भासिएको नारायणगढ–मुग्लिन सडक
  • भासिएको नारायणगढ–मुग्लिन सडक
  • भासिएको नारायणगढ–मुग्लिन सडक
  • भासिएको नारायणगढ–मुग्लिन सडक

भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन

12 July, 2018 01:05 | जन सरोकार | comments | 25200 Views

भासिएको नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ । सो सडकको बुधबार भूगर्वविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो ।

adsads

समूह विस्तृत प्रतिवेदन काठमाडौँ फर्किएर दिने बताइएको छ । कोइरालाले भन्नुभयो, “सम्भवतः भित्तो काटेर वैकल्पिक सडक निर्माण गर्नुकोे विकल्प छैन ।” उहाँका अनुसार ११ मिटर फराकिलो सडकमध्ये आठ मिटर भासिएको छ । भासिएको जति भित्तो काट्नुपर्ने देखिएको उहाँले बताउनुभयो । कोइरालाले बिहीबार बिहानसम्म नियमित अनुगमन गर्न लगाएको बताउँदै अरु भासिदै गएमा तत्काल भित्तो काट्ने र रोकिएमा भासिएको सडकलाई मर्मत सम्भार गर्न सकिने या नसकिने विषयमा छलफल गरिने जानकारी दिनुभयो ।

काठमाडौँ फर्किएपछि यसअघि सो ठाउँमा रक स्वायल एङ्करिन गरेका विज्ञ समूहसँग पनि छलफल गर्ने उहाँले बताउनुभयो । मंगलबार बिहानदेखि भासिन शुरु गरेको सो सडकमा भासिने क्रम निरन्तर बढिरहेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले विज्ञहरुको प्रतिवेदनको पर्खाइमा रहेको बताउनुभयो । भासिने क्रम जारी रहेकाले भित्तो काट्नुको विकल्प भने नदेखिएको उहाँले बताउनुभयो ।

सडक भासिने क्रम बढ्दै गएपछि मंगलबारदेखि नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट आठ मिटर चौडा भाग भासिएको हो । सो ठाउँमा नौ मिटर कालोपत्र गरिएको छ । कालोपत्रको नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ ।

सोही ठाउँमा २०६० सालमा रक स्वायल एङ्करिङ गरिएको थियो । तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर रक स्वायल एङ्करिङ गरिएको बताउनुभयो । भित्तोमा ड्रिल गरी १०/१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङ्करिङ भनिन्छ । सोही ठाउँको रक एङ्करिङले काम गर्न छोडेर वा त्रिशूली नदीले बाटोमुनिको भागमा खोलेर भासिएको हुन सक्ने अनुमान गरिएको छ । हाल सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सोही सडक हुँदै दैनिक १० हजारको हाराहारीमा सवारी साधन आवातजावत गर्ने गर्दछन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भासिएको नारायणगढ–मुग्लिन सडक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

भवानी राणा

फेसबुक

भवानी राणा

ट्वीटर

सामाजिक सञ्जाल

More