भिरबाट खसेको ढुंगा लागेर एक पर्यटकको मृत्यु

11 August, 2017 15:46 | कर्पोरेट/पर्यटन | comments | 13650 Views

मृत्यु

बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा पर्ने घोप्टेभिरबाट खसेको ढुंगा लागेर एकजना पर्यटकको मृत्यु भएको छ ।

मुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्कदै गर्दा धासाङ गाउँपालिका–४ बाट अगाडि बढ्दै गर्दा २२ वर्षीय पासपोर्ट नम्बर ५१७७४९८४८ भएकी बेलायती नागरिक करलोट कम्मा कथरिना फुलरटनको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ ।

भिरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी उनको उद्धार गरी लेते स्वास्थ्य केन्द्रमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको घाँसा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक गोपालबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार फुलरटन आफ्नो दाइ र पथपदर्शकको साथमा भम्रणमा आएकी थिइन् । यसैबीच सोही घोप्टेभिर क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेरे म्याग्दीको मंगला–५ का ४० वर्षका सवारी चालक दलबहादुर फगामी घाइते भएको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा लगिएको छ ।

‘उद्धार बेवास्ता’का कारण पर्यटकको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More