Thursday 30, March 2017
नेपाली समय: 06:25:41
जापानी समय: 09:40:41

भूकम्प प्रभावितलाई घरको साँचो अक्टोबरसम्म हस्तान्तरण गर्छौं : एनआरएनए

11 January, 2017

एनआरएनए

लाप्राक नमुना बस्तीको काम आउँदो अक्टोबर ११ सम्म सक्ने र सोही दिन भूकम्प प्रभावितलाई घरको साँचो हस्तान्तरण गर्ने तयारी साथ काम अघि बढाइएको लाप्राक नमुना बस्ती पुनःनिर्माण अभियानमा खटिएका इन्चार्ज राजेन्द्र भट्टले बताउनुभयो ।

अहिले घडेरी खार्ने काम अन्तिम चरणमा पुगेको र इँटा बनाउने मेसिन गुप्सीपाखा ल्याइसकिएको जानकारी उहाँले दिनुभयो ।“दिनहुँ नौ हजार इँटा बनाउन मिल्ने उपकरण ल्याएका छौँ । इँटा बनाउन मिल्ने माटो खोजी गर्दै परीक्षण गरिरहेका छौँ” भट्टले भन्नुभयो । एनआरएनएले करिब १५० स्वयम्सेवक परिचालन गरी फेब्रुअरी १ मा घरको खन्ने र ५७३ निजी घरका साथै विद्यालय, स्वास्थ्यचौकी, गुरुङको संस्कार तथा संस्कृति झल्कने सङ्ग्रहालयलगायत संरचना निर्माण गर्ने भएको छ ।

एउटा घर निर्माणमा करिब रु १५ लाख खर्च हुनेछ । दुई तले घरमा चार कोठा हुन्छन् भने विद्युत् र सोलार जडित तातोपानी आउने गरी शौचालयमा पानीको व्यवस्था मिलाउने उहाँले बताउनुभयो । “प्रत्येक घरको एउटा कोठा होमस्टेका लागि प्रयोग गर्ने गरी मिलाएका छौँ” उहाँले भन्नुभयो, “घरभित्र चिसो नहोस् भनेर सोलार र विद्युत्ले तातो बनाउने प्रविधि जडान गछौँ ।” घर निर्माण गरेपछि गोला प्रर्थाद्वारा भूकम्प प्रभावितलाई घरको साँचो दिने एनआरएनएले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भूकम्प प्रभावित टहरोमा दुःखसाथ बसिरहेको भन्दै छिटो घर बनाउन एनआरएनएलाई आग्रह गर्नुभएको छ । मङ्गलबार लाप्राक पुग्नुभएका बस्नेतले सरकारको स्वीकृति बेगर गुप्सीमा मनपरि संरचना बनाउन नपाइने बताउनुभयो ।

एनआरएनएले निजी आवाससहित सार्वजनिक संरचना बनाउने योजना साथ काम अघि बढाए पनि डक्टर एसोसिएसन नामक संस्थाले गुप्सीमा स्वास्थ्यचौकी भवन निर्माणको काम थालेपछि केही विवाद भएको छ ।

एनआरएनएले सुरु गर्यो लाप्राक नमुना बस्तीको काम

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo