भृकुटीमण्डपमा हस्तकला मेलाः १० करोडको व्यापार हुने अपेक्षा

17 November, 2017 21:15 | कर्पोरेट/पर्यटन | comments | 36750 Views

१५ औं हस्तकला व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन हुने उक्त मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । हस्तकला उद्यमीहरुबाट उत्पादित सामग्रीहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विकास तथा निर्यात प्रवद्र्धन गर्नेे उद्देश्यले मेला अयोजना गरिएकोे हो ।

महासंघका अध्यक्ष धर्मराज शाक्यले मेलामा १० वटा पेभिलियनसहित दुई सय वटा स्टलहरु रहेको बताए । बंगलादेश, पाकिस्तान, भुटान तथा चीनका प्रदर्शनकर्ताहरुले पनि मेलामा भाग लिएको उनको भनाइ छ । मेलाको ‘बीटुबी’ मिटीङ्गमा चीन, जर्मनी, जापान र भारतका आयातकर्ताहरु सहभागी हुनेछन् । मेलामा २५ जिल्लाका उद्यमीहरुले भाग लिइरहेका छन् ।

यसका अतिरिक्त वाणिज्य मन्त्रालयको नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) भित्र परेका वस्तुहरु छाला, छालाका जुत्ता, पश्मिना र फाईवरमा आधारित टेक्सटाईलका वस्तुहरुलाई पनि मेलामा उच्च प्राथमिकतामा राखि समावेश गरिएको छ । प्रदर्शनीमा राखिएका उत्कृष्ट एक प्याभिलियन र एक स्टललाई नगद पुरस्कार दिने कार्यक्रम छ । मेलामा देशको विभिन्न भौगोलिक क्षेत्रका जाति– जनजाति, स्थानीय तहका हस्तकला सामग्रीहरुले सहभागिता जनाएका छन् ।

१ लाख आगन्तुक आउने तथा १० करोड रुपैयाँभन्दा बढीको कारोवार हुने अपेक्षा गरिएकोे उक्त मेला मंलबारसम्म चल्ने आयोजकको भनाइ छ ।

यो पनि पढ्नुहोस्

हस्तकला मेलामा आठ करोड रुपैयाँको कारोबार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More