“भोट माग्दा गाउँगाउँमा ‘फ्रि वाईफाई’ सरकार बनेपछि इन्टरनेटमा करवृद्धि”

18 July, 2018 21:13 | राजनीति | comments | 8850 Views

सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा करका दायरा फराकिलो बनाउँदै इन्टरनेटमा कर बढाएपछि यसको व्यापक बिरोध भएको छ । साउन १ गतेदेखि बजेट कार्यान्वयनमा आएसंगै इन्टरनेटमा बढेको कर फिर्ता लिन धर्ना दिइएको छ ।

adsads

बुधबार नेपाल विद्यार्थी संघले सरकारले इन्टरनेटमा लगाएको १३ प्रतिशत कर खारेजीको माग गर्दै धर्ना दिएको छ । नेविसंघले नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, कमलादीमा धर्ना दिएको हो ।

थप कर र सेवा शुल्क गरेर इन्टरनेटमा करिब २५ प्रतिशत कर लगाएको भन्दै नेवि संघले विरोध जनाएको छ । कर वृद्धिले इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने भएकोले आफूहरु विरोधमा उत्रिएको नेविसंघका सभापति नैनसिंह महरले बताउनुभएको छ ।

सभापति महरले भोट माग्ने बेलामा वाईफाई फ्रि भन्ने अहिले चाहिँ १३ प्रतिशत कर लगाउने, यो जनतालाई सूचनाको पहुँचबाट टाढा गराउने खेल भएकोा आरोप समेत लगाउनुभयो ।

कम्यनिष्ट नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख देखिएको भन्दै उहाँले अहिले शान्तिपूर्ण संघर्ष गर्ने र माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावन समेत दिनुभएको छ ।

पोखरा हुने भयो फ्री वाईफाई क्षेत्र

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More