भ्रष्टाचार नगर्न, हुन नदिन र भए तत्काल कारबाही गर्न ओली-प्रचण्डको निर्देशन

25 May, 2018 01:30 | राजनीति | comments | 36000 Views

प्रचण्ड र ओली

नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भै गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक निर्देशन दिंदै भ्रष्टाचार नगर्न, गर्न नदिन र गरेको पाइए कारवाही गर्न केन्द्र, प्रदेश र स्थानीय तहका नेताहरुलाई निर्देशन दिनुभएको छ ।

adsads

बैठकमा अध्यक्षद्वयले पार्टी एकतालाई सुदृढ गर्न र पार्टीले दिने जिम्मवारी पूरा गर्न आहृवान गर्दै राष्ट्रको कार्यभार सामाजिक न्यायसहितको समृद्धि भएको भन्दै दुबै नेताले त्यसमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विधि र प्रक्रियासम्मत रुपमा सञ्चालन गर्न र संघीय, प्रादेशिक र स्थानीय सरकार चलाउँदा भ्रष्टाचार नगर्न, हुन नदिने र भए तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ ।

बैठक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाउने हस्ताक्षर, नागरिकताको प्रतिलिपी लिन बोलाइएको हो ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More