जाजरकोट जाजरकोट

  • जाजरकोट
  • जाजरकोट

मतदातालाई धन्यवाद दिन गाउँगाउँमा सांसद

13 December, 2017 13:42 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 23100 Views

जाजरकोट

जाजरकोटमा भर्खरै मात्र निर्वाचित भएका सांसद गाउँगाउँमा पुगेका छन् ।

आफूलाई भोट दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिन गाउँमा गएको पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताउनुभयो । गाउँमा स्थानीयका माग र सल्लाह, सुझाव लिन गाउँगाउँमा गएको उहाँको भनाइ छ । बुधबार दिउँसो पश्चिमको थलहमा मतदातालाई धन्यवाद दिन जनसभा नै गर्नलागिएको छ ।

मंगलबार सदरमुकामलगायतका ठाउँमा कार्यकर्ता र जनतासँग भेटघाट गरी गाउँतर्फ लागिएको अर्का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो । जनतालाई धन्यवाद दिन गएका सांसदलाई अधिकांश स्थानीयले पार्टी एकता कहिले हुन्छ ? भन्दै प्रश्न गर्न थालेका छन् ।

सांसदलाई भेटेर ज्ञापनपत्र बुझाएर यहाँका महिला, युवाले दुर्गमलाई सुगम बनाउन, महिलामैत्री र राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिन आग्रह गरेका छन् । स्थानीयबासीले चुनावको बेला उठाएका एजेण्डा नभुल्नसमेत आग्रह गरेका छन् ।

प्रचण्डद्वारा घरदैलो गर्दै मतदातालाई धन्यवाद

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More