मतदातालाई पैसा बाँड्ने राप्रपा प्रजातान्त्रिकका नेता पक्राउ

6 December, 2017 17:44 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 48000 Views

मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा मतदातालाई प्रलोभन पार्न गोप्य रुपमा पैसा बाँड्नेदेखि भोजभतेर चलिरहेका समाचार बाहिर आइरहेका छन् ।

यस्तोमा मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै धनकुटाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का एक नेता पैसासहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सो पार्टीका धनकुटा–२ का वडा समिति अध्यक्ष राजकुमार राईको साथबाट १ लाख ६९ हजार ५ सय बरामद भएको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले दिएको जानकारी अनुसार राईलाई धनकुटा–३ कागतेबाट मंगलबार राति वाम गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

मौन अवधिमा मतदातालाई आर्थिक प्रलोभनबाट प्रभावित पार्न खोजेको प्रारम्भिक छानविनबाट पुष्टि भएको प्रहरीको भनाई छ । राईका साथमा रहेका अन्य दुई जना भने फरार रहेको जनाईएको छ ।

बरामत रकम सहित नियन्त्रणमा लिइएका राईकोबारे थप छानविन गरिने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । उनको साथमा रहेका दुई झोला मध्ये एउटामा ९६ हजार अर्कोमा ७३ हजार ५ सय नगद फेला परेको छ ।

मौन अवधिमा ‘मत किन्ने’चलखेल : मदिरा र मासुको बिक्री बढ्यो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More