मतदाता नामावली संकलनको समय बढाउन दबाब

17 July, 2017 21:55 | राजनीति | comments | 10200 Views

तेस्रो चरण अन्तर्गत अशोज २ गते हुने निर्वाचनको लागि मतदाता नामावली संकलनको समय बढाउन निर्वाचन आयोगलाई दबाब परेको छ । आयोगले साउन १ देखि १५ गतेसम्म स्थायी ठेगानाबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने निर्णय गरिसके पनि यो अवधि कम्तिमा १५ दिन बढाउन र आफू रहेकै ठाउँबाट नामावली संकलन गर्न सक्ने ब्यवस्था गर्न दबाब बढेको हो ।
राजनीतिक दलहरुले आयोगका पदाधिकारीलाई भेटेरै नामावली संकलनको अवधि कम्तिमा साउन भरि बनाउन, ७ सय ४४ वटै स्थानीय तहबाट नाम दर्ता गर्न मिल्ने ब्यवस्था गर्न र सबैजनालाई स्थायी ठेगाना भएको ठाउँमा जान असम्भव भएकाले आफू रहेकै ठाउँबाट नाम दर्ता गर्ने ब्यवस्था मिलाउन आग्रह गरेपछि आयोगलाई दबाब बढेको हो ।
निर्वाचन आयोगले सूचना निकालेर १८ वर्ष उमेर पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका ब्यक्तिलाई नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जान आग्रह गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More