मतदाता नामावली संकलनलाई सहज बनाउन आन्तरिक छलफल गर्दै आयोग

14 July, 2017 14:00 | स्थानीय तह निर्वाचन | comments | 16200 Views

राजनीतिक दलहरूले देशका जुनसुकै ठाउँबाट नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई  आग्रह गरेपछि आयोगले नामावली संकलनलाई सहज बनाउने विकल्पबारे आन्तरिक छलफल थालेको छ। निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा नाम नभएका हरुलाई यहि साउन १५ गते भित्र आफ्नो जिल्लाको जिल्ला सदरमुकाममा गएर नामवली दर्ता गर्न सुचना जारी गरेको थियो ।

आयोगले काठमाडौं, विराटनगर, पोखरालगायत धेरै जनसंख्या भएका ठूला सहरमा केही दिन मात्रै भए पनि सबै जिल्लाका मानिसले नामावली दर्ता गराउन सक्ने व्यवस्था गर्नेबारे छलफल अघि बढाएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए। ‘सदरमुकाममा मात्रै नभएर इलाका स्तरमै नाम दर्ता गराउन सक्ने व्यवस्थाबारे पनि छलफल थालिएको छ’, उनले भने। आयोगले यही साउन १ देखि १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरिसकेको छ। सम्बन्धित जिल्ला सदरमुकाममा पुग्नुपर्ने भएकाले जिल्ला बाहिर बस्ने नागरिकलाई समस्या पर्ने भन्दै दलहरुले सबै ठाउँबाट नामावली दर्ता गर्ने व्यवस्था गर्न माग गरेका थिए।

मतदाता नामावलीमा नाम नभएका कारण स्थानीय तह चुनावमा भोट हाल्न नपाएकाहरुले यो पटक नाम दर्ता गराउँदा प्रदेश र प्रतिनिधिसभा चुनावमा भोट हाल्न पाउनेछन्। आयोगले असोजको चौथो साता प्रदेश र मंसिरको पहिलो साता प्रतिनिधिसभा चुनाव गर्ने प्रस्ताव गरेको छ। दुवै चुनावका लागि आवश्यक बजेटबारे छलफल भइरहेको र केही दिनमै सरकारसँग बजेट माग गरिने सूचना अधिकारी अर्यालले जानकारी दिए।

 यस्तै  अायोगले असोज २ गते स्थानीय चुनाव हुने प्रदेश नम्बर २ को १ सय २७ स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम अघि बढाउने तयारी गरेको छ। प्रभावकारी ढंगले विभिन्न भाषमा मतदाता शिक्षा सञ्चालन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।

अध्यक्ष ओली र थापाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More