मतदानपछि सिंह र मिश्रले भने- ‘हिरो’ र ‘स्वघोषित हिरो’

7 December, 2017 15:27 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 12450 Views

मुलुकभरमा सबभन्दा चर्चित निर्वाचन क्षेत्रका रुपमा रहेको काठमाडौं क्षेत्र नम्बर एकका दुई ‘हेभिवेट’ प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले आआफ्नो मतदान केन्द्रमा भोट खसालेपछि भेटघाट गरेका छन् ।

सिंहले काठमाडौं क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट र मिश्रले भैंसीपाटीको रत्नज्योती महिला परिवारबाट मतदान गरेपछि बबरमहलमा आएर खुशी साटासाट गरेका हुन् ।

दुई नेताले मतदानपछि खुशी साटासाट गर्दै आपसमा कटाक्ष गर्न भ्याए । मतदानपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सिंहले पत्रकारले मिश्रलाई चर्चामा ल्याए पनि ग्राउण्डको हिरो आफू भएको बताएपछि मिश्रले स्वघोसित रुपमा कोही पनि हिरो नहुने टिप्पणी गर्नुभयो ।

मिश्रको प्रतिक्रिया थियो, स्वघोसित रुपमा कोही पनि हिरो हुँदैन आत्मविश्वास हुनु एउटा कुरा हो र आफूले आफैंलाई हिरो भन्नु अर्को कुरा हो । नतिजा आएपछि जनताले जसलाई हिरो बनाउँछन् त्यो नै बास्तविक हिरो हुन्छ ।

उनले आफूहरुको लक्ष्य पूरा हुनेमा आशावादी रहेको पनि बताए । उनले भने, “६ वटा निर्वाचन केन्द्रमा हामीले भम्रण गर्यौें सबैमा शान्त पूर्वक व्यवस्तित ढंगबाट मतदान भइरहेको पायौं” ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More