मतपत्रसम्बन्धी मुद्दामा सर्वोच्चले बुधबार निर्णय सुनाउने

17 October, 2017 23:30 | जन सरोकार | comments | 5850 Views

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि अलगअलग दुई वटा मतपत्र बनाउनुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदनको निर्णय सर्वोच्च अदालतले बुधबार सुनाउने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बधुबार निर्णय सुनाउने भएको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा) उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई यही असोज २२ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र अलगअलग दुई वटा बनाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
सो निवेदनमाथि यही असोज २४ गते सुनुवाइ भएर कारण देखाउ आदेश जारी गरी आजका लागि छलफलमा बोलाइएको थियो ।

निर्वाचन आयोगले भने एउटै मतपत्रमा संघको माथि र प्रदेशको तल पर्नेगरी मतपत्रको नमूना तयार गरेको छ भने समानुपातिकतर्फको मतपत्र छापिसकेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More