मदन भण्डारीको सपना पूरा हुने दिन आयोः प्रचण्ड

14 November, 2017 16:12 | राजनीति | comments | 4500 Views

चुनावी अभियानमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताएका छन् । अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर मंगलबार उनले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताए ।

वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताउँदै उनले विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी चितवनमा भएको स्पष्ट पारे ।

व्यापार, व्यवसाय गरेर जनतालाई पैसाको प्रलोभनमा पार्ने, जनतालाई रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरुद्ध खबरदारी गर्न जनसमुदायलाई आग्रह गर्दै उनले भने “केही उम्मेदवार पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको आफूलाई जानकारी आएको छ । तिनीहरुका पैसा खोसेर जनतालाई बाँड्नुपर्छ ।”

अबको पाँच वर्षमा चितवन विकास र सभ्यताको दृष्टिले देशकै नमूना जिल्ला बनाइछाड्ने दृढता व्यक्त गर्दै उनले विगतमा नभएको काम आफूले योजनाबद्ध ढंगले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रासस

अबको युग विकास र समृद्धिको-प्रचण्ड

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More