मधेस समता पार्टी र नेकपा एमालेबीच एकीकरण

12 October, 2017 19:07 | राजनीति | comments | 3300 Views

मधेस समता पार्टी र नेकपा एमालेबीच एकीकरण भएको छ । पार्टीका अध्यक्ष सांसद तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निषाद सहित सिंङ्गो पार्टीलाई  बिहीबार एमाले अध्यक्ष केपी ओलीले एमालेमा समायोजन गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एमाले संसदीय दलको कार्यालयमा पार्टी प्रवेश गराएका हुन् । यसै गरी सीमारक्षक सप्तरी तिलाठीका देवनारायण यादव पनि एमालेमा प्रवेश गरेका छन्। उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य थिए। उनी कांग्रेसबाट जिल्ला विकास समितिको निर्वाचित पूर्व सदस्य हुन्। उनले एमालेमा निशर्त प्रवेश गरेको र आफू बाँच्दासम्म सिमा रक्षा गरिरहने बताए।

केही दिनअघि उनलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेर एक हप्तापछि छुटेका थिए। ‘भारतीय दूतावासबाट मलाई बारम्बार फोन आउँछ। त्यहाँ गएर महामहिमलाई भेट भनेर। मेरो बाँच्ने केही टुङ्गो छैन। कहिले मार्छन् मलाई थाहा छैन। तर म जान्न। मलाई मारे मारुन्। म बाँच्दासम्म मेरो देशको सीमा रक्षा गर्न छाड्दिन्’ बिहीबार आयोजित कार्यक्रममा उनले भने।

फोरम-राजपा तालमेलले मधेसमा उत्साह : आधार क्षेत्र प्रस्ट नहुँदा अलमल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More