मध्यवर्गीय पर्यटकलाई लक्षित गरी दुई बस
ट्राभल्स नेपाल बस सर्भिस प्रालिले मध्यवर्गीय पर्यटकलाई लक्षित गरी दुईवटा बस सञ्चालन गर्ने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित वैशाखमा चारवटा बस सञ्चालन गरेको उक्त कम्पनीले भोलिदेखि दुई बस सञ्चालनमा ल्याउन लागेको हो ।
प्रालिका अध्यक्ष प्रह्लाद लोहनीले मध्यमवर्गीय पर्यटकलाई लक्षित गरेर काठमाडौँदेखि पोखरासम्म उक्त सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो । “पर्यटक बसले हाल बिहान ७ बजे पर्यटकलाई कान्तिपथबाट बस सेवा दिइरहेको छ, हामीले ८ बजेदेखि सेवा दिनका लागि उक्त बस सञ्चालन गर्न लागेका हौँ,”– अध्यक्ष लोहनीले भन्नुभयो ।
ट्राभल नेपालमार्फत हाल सातवटा बस सञ्चालनमा रहेका छन् । काठमाडौँबाट पोखरासम्म सेवा दिएको प्रालिले आगामी दिनमा सौराहा र जनकपुरसम्म सेवा दिने अध्यक्ष लोहनीको भनाइ छ ।
जम्मा २८ सिट क्षमता भएको बसमा ‘नेक रेष्ट’ सिट र शौचालयसहितको व्यवस्था रहेको छ । उक्त बसमा काठमाडौँबाट पोखरा जानका लागि खानासहित रु एक हजार ५०० लाग्ने प्रालिले जनाएको छ ।
बागलुङ–काठमाडौँ पर्यटक बस सञ्चालन
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेपाल सेन्ट्रल जोन भलिबलको सेमिफाइनलमा
- प्रदेश ३ का सांसदको पोषाक कालो कोट र सेतो दौरा सुरुवाल
- दिल्ली टस जितेर बलिङ गर्दैः सन्दीप टोलीमा परेनन्
- सुन तस्करीमा सम्लग्न पूर्व डिआईजी निरौला विरुद्ध मुद्दा
- भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
- प्रदेश नं २ मा धार्मिक पर्यटकीय विकास प्राथमिकतामा
- तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा
- सोमबार दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार
- भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा दुई पक्राउ
- आरोले मुढा चिर्दै मजदुर
- हिमालको शोभा बढाउँदै लालीगुराँस
- रसिलो ऐसेलु
- ‘छ लेन‘ सडक निर्माणका लागि सडक क्षेत्रमा बनेको घर भत्काइँदै
- फुगाउँ जाने ढोका
- विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत
- उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु : चीन
- कञ्चनपुरमा २० नयाँ कुष्ठरोगी फेला
- वनेपामा ‘करेन्ट साङ्गीतक यात्रा’
- ५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक काफ्ले पक्राउ
- पर्यटकीय पदमार्ग निर्माण शुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


