मन्त्री अधिकारीको निर्देशन “यात्रु नहुँदा घाटा होला, तर नाफा भएकातिरबाट मेन्टेन गर्नु” (फोटोहरुसहित)

24 May, 2018 18:28 | कर्पोरेट/पर्यटन | comments | 22200 Views

लामो समयदेखि बन्द रहेको राजविराज विमास्थलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको छ । सो विमानस्थलको धावनमार्ग यसअघि कच्ची रहेको थियो ।

adsads

विमानस्थल उद्घाटन नगर्दै मन्त्री अधिकारीले सो विमानस्थलमा असारको पहिलो साताभित्र नियमित उडान सुरु हुने बताउनुभएको छ ।

राजविराज विमानस्थलको बिहीबार उद्घाटन गर्दै मन्त्री अधिकारीले असारको पहिलो सातासम्म यस विमानस्थलबाट नियमित उडान हुने बताउँदै मन्त्री अधिकारीले राजविराजबाट नियमित जहाज उड्ने सुनिश्चितता लिएर म राजविराज आएको र शुरुमा श्री एयरलायन्सले नियमित उडान भर्ने जानकारी दिनुभयो ।

मन्त्री अधिकारीसँगै आएका श्री एयरलायन्सका प्रमुख शशीधर मित्तललाई मन्त्री अधिकारीले राजविराजबाट नियमित जहाज उडान गर्न निर्देशन नै दिंदै “यात्रु होस्, नहोस् तपाईं सधैं समयमा उडान भर्नुस् । शुरुमा यात्रु नहुँदा घाटा होला, तर नाफा भएकातिरबाट यो घाटा मेन्टेन गर्नुस्” भन्नुभयो ।

त्यस क्रममा मन्त्री अधिकारीले नेपाल वायु सेवा निगमले निकट भविष्यमै ६ वटा सानो जहाज किन्न लागेको बताउँदै यात्रु भएमा एउटा जहाज राजविराजबाट पनि नियमित उडान गर्ने बताउनुभयो ।

मन्त्री अधिकारीले ६ महिनाभित्र यो विमानस्थलमा तेल भर्ने गाडी पनि राखिने जानकारी दिदैं कार्गो विमानस्थलको रुपमा पनि यो विमानस्थलको विकास गरिने प्रतिवद्वता जनाउनुभयो ।

विमानस्थल उद्घाटन कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुरुमा कम यात्रु भए पनि नियमित उडान गर्न श्री एयरलायन्ससँग आग्रह गर्दै राविराजलाई भारतीय शहरसँग जोड्नका लागि सडक निर्माण गरिए र नियमित जहाज उडान भइरहे सप्तरीको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ७२ सिटे जहाज चल्ने क्षमता भएको राजविराज विमानस्थलको निर्माण कार्य समयमै सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सरकारको ३० करोड ३० लाखमा यो विमानस्थल निर्माण भएको जानकारी दिनभयो ।

सो विमानस्थल अहिले एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाई पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न भएको छ ।

२०१६ सालमा निर्माण गरिएको राजविराज विमानस्थलबाट झण्डै डेढ दशकपछि जहाजको बुधबार ५० सिटे श्री एयरलाइन्सको जहाजले सफल परीक्षण उडान गरेको थियो ।

पर्यटनबाटै मुलुकको विकास सम्भव छ : मन्त्री अधिकारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

फेसबुक

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!