मन्त्री विष्ट लागे वैदेशिक रोजगारीको सिण्डिकेट तोड्न, व्यवसायी पक्राउ सुरु

20 May, 2018 21:46 | जन सरोकार | comments | 25650 Views

यातायात क्षेत्रको सिण्डिकेटममा सरकारले जसरी सफलता पायो, अब वैदेशिक रोजगारी क्षेत्रमा कायम रहेको सिण्डिकेट तोड्ने अभियान सुरु भएको छ । सरकारले वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायीलाई पनि पक्राउ गर्न थालेको छ ।

adsads

श्रम तथा रोजगामन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिन्डिकेट तोड्ने घोषणा गर्दै मलेसियमा नयाँ सरकार बनेलगत्तै कुटनीतिक रुपमा यस्ता गैरकानुनी धन्दा बन्द गराउन पहल गर्नुभएको थियो ।

उहाँले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमाहुँदै आएको मनोमानी शुल्क लिने प्रथा हटाउँदै सबै स्वास्थ्य निकायबाट परीक्षण गराउन सकिने व्यवस्था गरेपछि उनीहरु आन्दोलनमा उत्रेका थिए ।

यसै क्रममा मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ पक्राउ परेका छन् ।

भीएलएको कार्यालयमा छापा हानेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ । वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् ।

सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्ने काममा उनको श्रेष्ठको भूमिका भएको आरोप छ ।

त्यसको प्रतिक्रया स्वरुप सिन्डिकेटधारी व्यवसायीले विदेश जाने कामदारको मेडिकल परीक्षण रोकिदिएका छन् । श्रम मन्त्रालयले अवैधानिक धन्दा चलाउने यस्ता व्यवसायीलाई पक्राउ गरेर कारवाही गर्न सिफारिस गर्दै फाइल गृह मन्त्रालयमा पठाएको थियो ।

 

रोकिएन वैदेशिक रोजगारीमा ठगी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

फेसबुक

गुप्तेश्वर गुफा भित्रबाट देखिएको डेभिडफल्स

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!