मलेसियाद्वारा नेपाल सामू ४६ रनको लक्ष्य प्रस्तुत

14 November, 2017 16:19 | खेल | comments | 5400 Views

यू-१९ एसिया कप

मलेसियामा जारी एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा मलेसियाले नेपाललाई जितको लागि ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पानी परेपछि निर्धारित समयभन्दा ४ घण्टा पछि सुरु भएको खेल २४ ओभरमा घटाईएको थियो । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउदै ४५ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए भने दिपेन्द्र र शाहब अलामले समान २-२विकेट लिए । त्यस्तै अनिल कुमार साहको भागमा १ विकेट रह्यो |

मलेसियाका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक जोडेका थिए ।  उसका लागि सायिद अजिज सायिद मुबारकले २० र विरन्दीप जगजीत सिंहले १० रन बनाए ।

सेमी फाइनलमा स्थान सुरक्षित् बनाउन नेपालले मलेसियालाई भारी अन्तरले पराजित गर्दै बंगलादेश र भारतबीच हुने खेलको नतिजा पनि आफ्नो अनुकुल हुनु पर्नेछ । सोमबार भएको खेलमा बंग्लादेशले मलेसियालाई २ सय ६२ रनको भारी अन्तरले पराजित गरेकोले सेमिफाइनल प्रवेश गर्न नेपालले मलेसियालाई ठूलो अन्तरले हराउनै पर्ने हुन्छ ।

तर बंगलादेशले भारतलाई हराए नतिजा नेपालको अनुकुल रहनेछ । तर यस्तो भएन खेलको निर्णय नेट रन रिटको आधारमा हुनेछ जहाँँ भारतले पनि बंगलादेशलाई भारी अन्तरले हराउन पर्ने हुन्छ । पहिलो खेलमा बंगलादेशसंग २ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा ऐतिहासिक जित निकाल्ने क्रममा भारतलाई १९ रनले पराजित गरेको छ ।

समूहमा बंगलादेशले २ खेल जितेको छ भने नेपाल र भारतले समान १ खेल जितेका छन् । आयोजक मलेसियाले दुवै खेल हारिसकेको छ ।

यू १९ एसिया कप : नेपाल र मलेसिया भिड्दै (अंक तालिकासहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More