मलेसियामाथि नेपालको आठ विकेटको जीत, सेमिफाइनलको सम्भावना बलियो

14 November, 2017 17:11 | खेल | comments | 6000 Views

मलेसियामा जारी एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।

यो जितसंगै नेपालको सेमिफाइनलको सम्भावना बढेको छ । वर्षाले प्रभावित खेलमा टस जिते मलेसिलायालाई ब्याटिङको निम्तो दिएको नेपालले मलेसियालाई ४५ रनमा समेटेको थियो । खेल २४ ओभरमा छोट्याइएको थियो ।

नेपालका कसिलो बलिङ सामु टिक्न नसकेका मलेसिया १५.३ ओभरमा सबै विकेट गुमाउदै ४५ रन मा समेटिएपछि नेपालले सहज विजयको लक्ष्य पाएको थियो । ४६ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नेपालले ५.३ ओभरमाा २ विकेट गुमाउँदै ५१ रन बनायो ।

नेपालका लागि अनिल कुमार साहले अविजित २६ रन बनाए भने भिम सार्कीले ३ रन बनाए । त्यस्तै महम्मद आसिफ शेख र दिपेन्द्र सिं ऐरी क्रमशः ४ र १२ रन बनाएर आउट भए । साहले १५ बलमा तीन छक्का र एक चौका प्रहार गरेर सजिलो विजय दिलाए ।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए भने दिपेन्द्र र शाहब अलामले समान २, २विकेट लिए । त्यस्तै अनिल कुमार साहको भागमा १ विकेट रह्यो ।

मलेसियाका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक जोडेका थिए । उसका लागि सायिद अजिज सायिद मुबारकले २० र विरन्दीप जगजीत सिंहले १० रन बनाए ।

सेमी फाइनलमा स्थान सुरक्षित बनाउन नेपालले मलेसियालाई भारी अन्तरले पराजित गर्दै बंगलादेश र भारतबीच हुने खेलको नतिजामा भरपर्नेछ । नेपाल र यसअघि नेपाल र भारत एक एक खेलमा पराजित भएका थिए । नेपालको सेमिफाइनल यात्रा सुरक्षित हुन बंगलादेशले भारतलाई हराए सजिलो रहनेछ  भने भारतले हराएमा नेट रन रेटको आधारमा हुनेछ ।

मलेसियाद्वारा नेपाल सामू ४६ रनको लक्ष्य प्रस्तुत

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More