मलेसियामा एक नेपालीको मृत्यु

13 May, 2018 13:59 | प्रबास | comments | 13200 Views

मलेसियामा सवारी दुर्घटनामा एक नेपाली युवाको मृत्यु भएको छ ।

जोहोरबारुस्थित एक सुपरमार्केटमा कार्यरत संखुवासभा दावा छिरी शेर्पाको शुक्रबार बिहान गाडीले ठक्कर दिँदा मृत्यु भएको हो ।

ज्यापुडा नामक कम्पनी मातहतमा त्यहाँको एक सुपरमार्केटको सुरक्षार्थ खटिएका शेर्पा काम गरिरहेकै स्थानमा एकजना स्थानीयले चलाएको गाडीले ठक्कर दिँदा घटनास्थलमै उनको निधन भएको बताइएको छ ।

शेर्पा करिब ४ वर्षअघि मलेसिया आएका थिए ।चालकले अत्यधिक मदिरा सेवन गरी गाडी चलाउँदा अनियन्त्रित भइ उक्त दुर्घटना भएको बताइएको छ ।

सप्तरीका साहको साउदी अरबमा मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!