Thursday 27, April 2017
नेपाली समय: 10:48:39
जापानी समय: 02:03:39

मलेसियामा ग्याङ बनाएर नेपालीमाथि लुटपाट र चन्दा असुल्ने ११ नेपाली पक्राउ

17 February, 2017

arrest

मलेसियामा वैदेशिक रोजगारी तथा व्यवसाय गरी बसेका नेपालीहरुसंग जवर्जस्ती चन्दा असुली तथा लुटपाटमा नेपालीहरु ग्याङ नै बनाएर सक्रिय रहेको खुलासा भएको छ ।

मलेसियाली प्रहरीले नेपालीहरुलाई लुटपाट गर्ने र चन्दाअसुली गरेको अभियोगमा ११ जना नेपालीलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । उनीहरुले ‘पेनाङ योङ स्टार ग्रुप’ सञ्चालन गरी मलेसियामा नेपालीहरुसग चन्दा असुली गर्ने, लुटपाट गर्ने लगायतका गतिविधि गर्दै आएको आरोप लगाइएको छ ।

मलेसियन अपडेटका अनुसार प्रहरीले बुधबार मध्यरातमा पेनाङको जुरुबाट ६ जना र तामन परविरा क्षेत्रबाट ५ जनालाई पक्राउ गरेको हो । पेनाङ प्रहरीले गत आइतबार त्यहाँको बुकित मातार्जामबाट उक्त समूहमै आबद्ध भनिएका ३ जनालाई पनि पक्राउ गरेको थियो । प्रहरीले यसबारे बिहीबार एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा २२ देखि ३६ बर्ष उमेर समूहका रहेका छन् भने तीमध्येका नाइके ३६ वर्षीय नेपाली रहेको समाचारमा उल्लेख छ ।

पक्राउ पर्नेहरुमध्ये कतिपय गैरकानुनी हैसियतका छन् । उक्त समूहमा २० जना नेपालीहरु आबद्ध रहेको प्रहरीको प्रारम्भिक अनसुन्धानले देखाएको छ ।

छापा मार्ने क्रममा केही नेपालको झण्डाहरु, धार्मिक सरसामानहरु र धारिला हतियारसमेत बरामद भएको बताइएको छ ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo