मलेसियास्थित नेपाली दूतावासद्वारा १८ नेपालीको उद्धार

21 April, 2017 10:08 | प्रबास | comments | 2550 Views

मलेसिया

मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको जनाइएको छ ।

सोही विज्ञप्तिमा मलेसियाली नागरिकको हत्याको आरोपमा मृत्युदण्डको सजाय खेपिरहेका नेपाली लालबहादुर तामाङको पक्षमा कानुनी परामर्शदाताबाट बहस गराई निर्दोष सावित गरी स्वदेश फर्काएको पनि जनाइएको छ । सन् २०१५ देखि मलेसियामा सेक्युरिटी गार्डमा काम गर्दै आएका सिन्धुपाल्चोकका तामाङलाई पनि नेपाल फर्काइएको छ ।

यसअघि गत चैत २४ गते सोही दूतावासले नुवाकोटका बिफ लामा तथा सिन्धुलीका लीला भोलन तथा भोजपुरका जयकुमार खवासलाई गत चैत ३० गते उद्धार गरी स्वदेश फर्काएको उल्लेख गरिएको छ ।

गत चैत १६ मा झापाका पदमबहादुर तामाङ, धनकुटाका धीरेन्द्र याक्खा तथा तनहुँका कमलबहादुर भुजेललाई पनि दूतावासले सहयोग गरी नेपाल फर्काएको विज्ञप्तिमा भनिएको छ ।

मलेसियामा मृत्युदण्ड सुनाइएका १४ नेपाली आँखाभरि आँसु पार्दै भन्छन् : ‘बाँच्ने आस मर्‍यो’

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More