“मांगयोंगबोंग अपरेसन” मा जोडिदै रुस र उत्तर कोरिया

18 May, 2017 17:54 | जापान | comments | 9450 Views

मांगयोंगबोंग अपरेसन

उत्तर कोरियाले गत बुधबार रुससंग सम्बन्ध र आर्थिक सहयोग बढाउन रूसी शहर भ्लाडिभास्तोकमा एक फेरी सेवा शुरू गरेको छ । 

विशेषज्ञ अनुसार उत्तर कोरियाका नेता किन जोन उनले रुससंग घनिष्ठ सम्बन्धको आशा गर्दै छन् र उत्तर कोरियाको पक्षमा उभिदै आएको चीनले पनि संयुक्त राष्ट्र संघको अवज्ञा गर्दै हतियार कार्यक्रम विरुद्धका कदमहरु चाल्दै आएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको हतियारको विरुद्धमा अरु राष्ट्रले कुरा उठाउनु र उत्तर कोरियालाई धम्क्याउनु भन्दा त्यस विषयमा वार्तालाप गर्नुपर्ने बताएका छन् ।

यस “मांगयोंगबोंग अपरेसन” उत्तर कोरिया र रुसबीच समुन्द्री मार्गको ढोका खोल्ने, आर्थिक सहयोग बढ्ने, पर्यटन प्रवर्द्धनमा दोहोरो फाइदा पुग्ने बताईएको छ ।

यसअघि उत्तर कोरिया र जापानबीच यस्तै “मांगयोंगबोंग अपरेसन” भएको थियो ।  तर, सन् २००६ मा उत्तर कोरियाले मिसाइल परिक्षण गरेपछि जापानले सो सम्झौता खारेज गरेको हो ।  आदर्श देवकोटा 

कोरियाको मिसाइल प्रक्षेपणप्रति जापानी संसदमा बिरोध

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More