माई लभ माई लभ

  • माई लभ
  • माई लभ
  • माई लभ
  • माई लभ
  • माई लभ
  • माई लभ

‘माई लभ’ फिल्म हेर्दा जापान जाने अवसर

10 December, 2017 16:58 | जापान | comments | 67200 Views

माई लभ

२०७२ सालको विनाशकारी भूकम्पको सेटिङमा बनेको फिल्म ‘माइ लभ‘ आगामी मंसिर २९ गते देखि प्रदर्शनमा आउदैछ ।

फिल्म माइ लभ हेरिसकेका दर्शकहरु मध्ये गोलाप्रथाद्वारा भाग्यशाली एक जनालाई जापान जाने अवसर प्राप्त हुनेछ।

adsads
त्यसको लागि फिल्म हेरेका दर्शकले टिकट नं र हलको नाममाई लभको फेसबुक पेजमा ट्याग वा ईनबक्स गर्नुपर्नेछ। त्यसपछि निर्माण टिमले गोलाप्रथा गरी एक जना भाग्यशाली दर्शक छानिनेछ।

उक्त दर्शकलाई आगामी अप्रिल २५ तारिकमा जापानमा हुन लागेको माई लभको प्रिमियरमा सहभागी गराईनेछ। फिल्मको प्रचार प्रसारको लागि पोखरा आइपुगेका फिल्मका सदस्यहरुले बिनाशकारी भूकम्पको प्रभावका बिभिन्न आयामको चर्चा गर्दै फिल्म शक्तिशाली बनेको दावी गरे । ‘माइ लभ’ एउटा सामान्य फिल्ममात्र नभएर यो आगामी पुस्ताका लागि एउटा महत्वपूर्ण दस्तावेज समेत भएको फिल्मका सदस्यहरुको बुझाई छ ।

पात्रको प्रेममा भूकम्पले पारेको प्रभावसंग गरेको संघर्ष फिल्मको मूलद्धन्द्ध हो । पत्रकार सम्मेलनमा बताइए अनुसार भूकम्प पछि अन्तराष्ट्रिय समुदाय, खास गरी जापानले देखाएको सहानुभूति र सहयोगको कथा समेत फिल्मले पेश गर्दछ ।

पत्रकार सम्मेलनमा बोल्दै फिल्मका अभिनेता तथा निर्माता गणेश लामा फिल्म प्रति आशावादी देखिए । सामान्यतः घरेलु आम फिल्म भन्दा भिन्न बिषय भएकाले पनि दर्शकका लागि फिल्म रोचक हुने अभिनेता लामाले आशा ब्यक्त गरे । फिल्मकी अभिनेत्री शितल श्रेष्ठले महत्वपूर्ण र जटिल बिषय उठाएको फिल्मबाट डेब्यु गर्न पाउने सौभाग्य भएको बताइन । फिल्मलाई जापानी फिल्म मेकर तोसि आकीइतोहले निर्देशन गरेका हुन् । गणेश लामा, शितल श्रेष्ठ, रिवन मित्सुतानी लगाएतका कलाकारले फिल्ममा अभिनय गरेका छन् । स्मरण रहोस, निर्देशक इतोह यस अगाडिको फिल्म सिरीसको फूलबाट प्रसिद्ध छन्  ।

नेपाली कलाकारले अभिनय गरेको जापानिज गीत सार्वजनिक(भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
माई लभ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More