माओवादीको पहिलो सर्त: सरकार गठन अघि पार्टी एकता

18 December, 2017 20:12 | राजनीति | comments | 19950 Views

नेकपा माओवादी केन्द्रले सरकार गठनभन्दा अगाडि नै नेकपा एमालेसँग पार्टी एकीकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न केन्द्रीय कार्यालय बैठकले पार्टी एकतामा विलम्ब गर्न नहुनेमा जोड दिएको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी प्रवक्ता पम्फा भुसालले सरकार गठन हुनुभन्दा अगाडि नै पार्टी एकता गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिइन् । “पार्टी एकताको अधार तयार पारेर सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । यीमध्ये एउटालाई रोकेर अगाडि बढ्न हुँदैन, किनकि जनताले अनुमोदन गरिसके,” भुसालले भनिन् ।

त्यसैगरी बैठकले समानुपातिकमा पार्टीको मत कम आउनुमा ६० प्रतिशत क्षेत्रमा माओवादीका उमेदवार नै नहुनु भएको निष्कर्ष निकालेको छ । एमाले र माओवादीले गठबन्धन गरेर ६०–४० को भागबण्डा गरेका थिए । यसअनुसार एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत क्षेत्रमा आफ्ना उमेदवार उठाएका थिए ।
माओवादी बैठकले राष्ट्रिय सभा गठनको विषयलाई राजनीतिक त्यसलाई राजनीतिक रुपमा नै टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

यो पनि पढ्नुहोस्

समानुपातिक गणनाः कांग्रेस र माओवादीको मत अन्तर १८ लाख

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More