माओवादी केन्द्रीय सचिवालयको विस्तारित बैठक सुरु

17 July, 2017 17:40 | राजनीति | comments | 6 Views

स्थानीय तहको निर्वाचनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आजबाट  केन्द्रीय सचिवालयको विस्तारित बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरीएको  केन्द्रीय सचिवालय  विस्तारित बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसारको नतिजा प्राप्त गर्न नसक्नुका कारणका विषयमा गम्भीर छलफल हुने पार्टीले जनाएको छ । प्रवक्ता पम्फा भुसालका अनुसार ७५ वटै जिल्ला समितिका इन्चार्ज वा अध्यक्षले आफ्नो जिल्लाको समग्र अवस्थाका बारेका पार्टी नेतृत्वलाई जानकारी गराउने र आगामी दिनमा कस्तो रणनीतिका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।

यस्तै, प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको रणनीतिका विषयमा समेत छलफल हुने भुसालको भनाइ छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा योजना र कार्यक्रमका हिसाबले गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारेपनि परिणाम सो अनुसार नआएको भन्दै त्यसको वस्तुनिष्ठ समीक्षा गर्ने जनाएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने र जिल्ला इन्चार्जले जिल्लागत प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ । बैठकमा सरकार विस्तार, संविधान संशोधन, प्रदेश र संघीय संसद्को निर्वाचनको तयारीका बारेमा समेत छलफल गर्ने छ ।

२ नम्बरमा पहिलो बन्ने कांग्रेसको लक्ष्य, माओवादीको तयारी यस्तो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More