माओवादी केन्द्र प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन

6 June, 2018 09:49 | प्रदेश , प्रदेश ७ | comments | 33300 Views

प्रदेश नं. ७ को प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन हुनुभएको छ ।

सो पार्टीको प्रदेशसभाका ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा मंगलबार बसेको संसदीय दलको बैठकले दलको उपनेतामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचेतकमा तारालामा तामाङ र सचेतकमा अक्कलबहादुर रावललाई निर्वाचित गरेको नव निर्वाचित प्रमुख सचेतक तामाङले बताउनुभयो ।

adsads

संसदीय दलको नेतामा निर्वाचित मुख्यमन्त्री भट्ट र सचेतकमा निर्वाचित रावल तत्कालीन नेकपा (माओवादी केन्द्र)मा आबद्ध हुनुहुन्थ्यो । यस्तै उप नेतामा निर्वाचित शाह र प्रमुख सचेतकमा निर्वाचित तामाङ तत्कालीन नेकपा एमालेमा आबद्ध हुनुहुन्थ्यो ।

प्रदेश नं ७ को सरकारद्वारा विज्ञहरुको राय सुझाव संकलन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More