माओवादी मन्त्रीको जिम्मेवारी खोसियोः प्रधानमन्त्रीले गृह, परराष्ट्र सम्हाल्ने

17 October, 2017 21:40 | राजनीति | comments | 7200 Views

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, सामान्य प्रशासन, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुननिर्माण मन्त्रालय आफैसँग राखेका छन् ।

त्यस्तै माओवादीकै भागमा रहेको उर्जा मन्त्रालय यसअघि उपप्रधानमन्त्री नियुक्ति गरिएका राप्रपा अध्यक्ष कमल थापालाई दिएका छन् ।

देउवाको सचिवालय स्रोतकाअनुसार राप्रपा प्रजातान्त्रिकका दिपक बोहोरालाई स्वास्थ्य, जयन्त चन्दलाई आपूर्ती, दिलनाथ गिरी सहरी विकास, विक्रमबहादुर थापालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मा लगाएका हुन् । त्यस्तै कुन्तीकुमारी शाहीलाई शहरी विकास राज्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
माओवादी नेताहरुले परराष्ट्र, गृह, स्वास्थ्य, उर्जा लगायतका मन्त्रालय सम्हालेका थिए । त्यसैगरी भास्कर भद्रालाई ऊर्जा राज्यमन्त्री, कान्ता भट्टराई महिला, वालवालिका तथा समाज कल्याण राज्यमन्त्री र सुशील श्रेष्ठ आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यो पनि पढ्नुहोस्

माओवादी मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीको कसरत

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More