मार्च १९ मा नेपाली जनप्रगतिशील मंच बेल्जियमको एघारौं अधिवेसन हुने

15 February, 2017 16:22 | प्रबास | comments | 1 Views

नेपाली जनप्रगतिशील मंच, बेल्जियम

नेपाली जनप्रगतिशील मंच, बेल्जियम प्रवासमा रहेका प्रवासी संगठनहरुमा नेपालको राजनैतिक विषयलाई उठान गर्ने प्रवासको पहिलो संगठन हो ।

यो संगठनको ईतिहास नेपालको मुक्ति आन्दोलन सगै जोडिने गौरव प्राप्त गर्नुको पछाडि यो मंचले लिएको प्रगतिशील बिचारधारा नै प्रमुख हो । संस्थाको स्थापनाकाल देखि नेपालमा भएको आन्दोलनको समर्थनमा यूरोपमा रहेका बिभिन्न निकायमा प्रत्यक्ष सहभागि भई नेपालको आन्दोलनको समर्थन प्राप्त गराउन विशेष पहल गर्दै र आन्दोलनमाथि हुने दमनको बिरोधमा बेल्जियम तथा यूरोपको सडकमा संघर्ष गरेको थुप्रै गतिविधि लगायत बेल्जियममा रहेका नेपालीहरुको बसाई तथा अन्य समस्याहरुको सामाधानकालागि बिभिन्न खाले संघर्षको मुख्य भुमिकामा रही थुप्रै उपलब्धिहरु हासिल गरेको कुरा सवैमा जगजाहेर नै छ ।

बिगत केहि वर्ष देखि नेपालको राजनैतिक आन्दोलन संविधान निर्माण पछिको क्रियान्वयन र संविधान निर्माणमा प्रवासीहरुको तर्फबाट दवाव सिर्जना गर्ने र प्रवासीहरुको हक अधिकारकोलागि संघर्ष गर्ने जास्ता महत्वपुर्ण बिषयमा अघि बढ्दै आउने क्रममा यो संगठन एघारौ अधिवेशनको तयारीमा जुटेको छ । एघारौ अधिवेशनलाई भव्य रुपमा सफल पार्न ११३ सदस्यीय मुल समिति वनेको छ भने प्रचार प्रसार, व्यावस्थापन लगायतका अन्य समिति र उपसमितिहरु निर्माण गरिएको कुरा आयोजक संस्थाले जनाएको छ ।

उक्त कार्यक्रम एकिकृत नेकपा माओवादीका वरिष्ठ नेता पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ (क. प्रकाश )को प्रमुख आतिथ्यता र नेपालका ख्यातिप्राप्त पनि कलाकार अतिथि रहनु हुने वताइएको छ । बिश्व एक्कासौं शताब्दिमा बिकासका हरेक चरण पार गर्दै अगाडी बढेको अहिलेको समयमा नेपाली जनताको जिवन स्तरलाई बिकास र समृद्धिमा केन्द्रित रहन र जनताको जिवनस्तर उठाउनका लागि वर्तमान नेपालको संबिधानले नेपाली जनताको अधिकारलाई केहि हद सम्म प्राप्त उपलव्धिहरुलाई रक्षा गर्दै अरु थप हक अधिकारका लागि संघर्षमा जान जरुरी भएको बुझाई मंचको रहेको छ । अधिवेशनमा विविध विषयहरुमा केन्द्रित भै नेपाल र नेपालीहरु संग सरोकारका विभिन्न योजनाहरुमा वहस र छलफल चलाउने कुरा संस्थाले जनाएको छ ।

जनबादी आन्दोलनमा बाकी रहेको कार्यभार पुरा गर्नका लागी प्रवासमा पनि बृहत प्रगतिशील मोर्चाको अवधारणा अघि बढाउदै समाजबादी आन्दोलनको तयारीको दिशामा जाने बिचारलाई सहयोग र समर्थन गर्ने निति अवलम्बन गर्ने छ । अव हुने समाजबादी आन्दोलनको क्रममा नेपालमा भएको दश बर्षे जनयूद्ध र बिभिन्न चरणमा भएको जनआन्दोलनको भावना, मर्म र मागलाई अझ उचाईबाट पुरा गर्ने छ भन्ने अपेक्षा राख्दछ । नेपाली जनप्रगतिशिल मंच, बेल्जियमको एघारौं अधिवेशनले यूरोप भरि रहेका प्रगतिशील, देशभक्त, प्रजातान्त्रिक शक्तिहरुका विचमा पनि .छलफल गरि बृहत मोर्चाको अवधारणालाई अगाडि सार्दै एकताले नै नेपाली जनताको मुक्ति आन्दोलनमा तथा प्रवासमा रहेका स्थानिय समस्याहरुलाई सामाधान गर्न सकिने छ भन्ने विश्वास लिएको छ ।

यसर्थ,यो महत्वपुर्ण मंचकोे एघारौं अधिवेसनमा बेल्जियममा रहनु भएका संपुर्ण नेपालीहरु, संघ संस्थाहरु तथा अन्य प्रभुत्व वर्गहरुलाई निम्न वेल्जियमको आन्तवयरपेन शहरमा मिति, समय र स्थानमा उपस्थित हुनको लागि निमण्त्रणाका साथ हार्दिक अनुरोध गर्दर्छौ ।

नेपाली जनप्रगतिशील मंञ्च बेल्जियमको एघारौं अधिवेसन मे २९ मा हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More