Tuesday 21, February 2017
नेपाली समय: 06:23:25
जापानी समय: 09:38:25

मार्च २० मा जापानी भाषा वक्तित्वकला प्रतियोगिता

10 January, 2017

nepali-haru

हरेक वर्ष आयोजना हुँदै आएको जापानी भाषा वक्तित्वकला प्रतियोगिता यस पटक आगामी मार्च २० तारिक सोमबार हुने भएको छ ।

नेपाल जापान रिसर्च सेन्टर, नेपाकेनको आयोजनामा हरेक वर्ष जापानमा हुँदै आएको प्रतियोगितामा यो वर्ष जापानको विश्वबिद्यालयले पनि सहकार्य गर्ने हुँदा प्रतियोगिता विशेष रहने बताइएको छ ।

कार्यक्रमका संयोजक शंकर बराइलीले दिएको जानकारी अनुसार जापानमा विभिन्न विश्वविद्यालय तथा भाषा विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको स्तरवृद्धि हुँदै आए पनि जापानी समाजमा नेपाली बिद्यार्थीहरुको क्षमता देखाउने अवसरहरु कम भएकोले पनि यस्तो कार्यक्रमको आवश्यकता छ ।

यस प्रतियोगितालार्इ नेपाली राजदूतावास जापान, एनआरएन जापान तथा जाइका स्वयंमसेवक संस्था लगायतका विभिन्न सघं संस्थाहरुले सहयोग गर्दै आएका छन् ।

प्रतियोगितमा सहभागी हुने सबैले प्रमाणपत्र तथा एकमुष्ट ट्रेन फेयर स्वरुप २००० येन प्राप्त गर्ने छन भने प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार येन प्राप्त गर्ने छन् ।

त्यस्तै दर्शकहरुको भोटबाट एकजनाले (अडियन्स पुरस्कार), रिस्सयो विश्वविद्यालय र जाइका स्वयंमसेवक संस्था लगायतका संस्थाहरुबाट पनि आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागि वन्न चाहने विद्यार्थीहरुले तलको लिङकबाट आवेदन दिनु हुन आयोजकले अनुरोध गरेको छ ।

प्रतियोगितामा भाग लिन चाहनेहरुका लागि फाराम यहाँ उपलब्ध छ

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads