“मियावाकी” प्रविधिबाट बोट-विरुवा रोप्न जापानी विज्ञहरुको सुझाव

16 July, 2017 19:36 | जापान | comments | 8850 Views

नेपालमा  रुख विरुवाहरु रोप्न आएका जापानी विज्ञहरुले नेपालकै   रैथाने प्रजातिका बोट–विरुवा र रुखलाई मियावाकी प्रविधिबाट रोप्न सुझाव दिएका छन् ।

नेपालमा मियावाकी प्रविधिबाट रुख विरुवाहरु रोप्न आएका उनीहरुले भक्तपुरको चाँगुनारायणमा शनिबार देखि मियावाकी प्रविधिबाट वृक्ष रोपन गर्न सुरु गरेका हुन् ।

सो प्रविधिबाट रुख विरुवाहरु शतप्रतिशत हुर्कने र जंगलको पुनःस्थापना गर्न सजिलो हुने र भू(क्षय, पहिरो र भूकम्पबाट जमिनमा पुग्ने क्षति पनि कम हुने विज्ञहरुको भनाइ छ ।

नेपाल र जापान  सम्बन्धकाे ६१ वर्ष पुगेको अवसरमा यामादा मौरीपालन संस्था र योकोहामा सहरी विश्वविद्यालयको संयुक्त आयोजनामा ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा वृक्षारोपण ५ लाख भन्दा बढी रुख विरुवाहरु रोपिएको छ ।

जापानी प्रोफेसर डा।आकिरा मियावाकीले विकास गरेको यो प्रविधिमामार्फत् विश्वका विभिन्न देशहरुमा करिब २२ लाख भन्दा विरुवाहरु हुर्काइएको जानकारी दिएका छन् ।

चाँगुुनारायणको वन पुनःस्थापना गर्न मियावाकी प्रविधिबाटै हजारौ कटुस, रुद्राक्ष, पैंयू, खरीलगायतका १४ प्रकारका स्थानीय रुख विरुवाहरु रोपिएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More