Monday 29, May 2017
नेपाली समय: 01:23:25
जापानी समय: 04:38:25

मिर्गौलापीडितलाई आर्थिक सहयोग

8 January, 2017

मिर्गौलापीडितलाई आर्थिक सहयोग

लामो समयदेखि मिर्गौला रोगबाट पीडित बनेका पर्वतका तीनजना पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक सेवामा क्रियाशील मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले तीनजना मिर्गौलापीडितलाई रु एक लाख १० हजार सहयोग गरेको हो ।

समाजले इजरायलमा सञ्चालन गरेको रामभक्त बचाउ अभियानबाट सङ्कलन गरेको रु ५० हजार र बाँकी रकम संस्थाको खाताबाट गरी रु एक लाख १० हजार रकम हस्तान्तरण गरिएको अध्यक्ष अर्जुनप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त रकम कुश्मा नगरपालिका–१६ पिपलटारीका देवीबहादुर विक (रामभक्त) लाई रु ७० हजार, राम्जादेउराली गाविस वडा नं ३ गोतामेथर निवासी अनिता पौडेललाई रु २० हजार र कुश्मा नगरपालिका, खुर्कोट निवासी सङ्गीता शर्मालाई रु २० हजार रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण मिर्गौला रोगको गतिलो गरी उपचार गर्न नपाएका उनीहरुलाई थोरै भए पनि राहत मिलोस् भनेर सहयोग गरिएको हो ।

उक्त रकम शनिबार पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले पीडितलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा लामिछानेले मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले यसअघि पनि सामाजिक क्षेत्रमा रहेर विभिन्न काम गर्देै आएको भन्दै आर्थिक स्थिति कमजोर रहेका तथा मिर्गौलापीडित परिवारको पहिचान गरी आर्थिक सहयोग हस्तान्तरण गर्नु निकै सराहनीय काम रहेको बताउनुभयो ।

प्रवासबाट मिर्गौला रोगी इन्द्रालाई सहयोग

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo