‘मिस नेपाल अमेरिका’ ड्यालसमा हुने

12 May, 2018 14:32 | प्रबास | comments | 13800 Views

विजय थापाअमेरिकामा सन् २०११ देखि सफलता पूर्वक सम्पन्न गर्दै आएको मिस नेपाल यूएस(मिस नेपाल अमेरिकाप्रतियोगिता यो बर्ष टेक्ससको ड्यालसमा हुने भएको   

आयोजकले एक छापा विज्ञप्ति मार्फत अमेरिकाका नेपाली समुदायले दिएको हौशला ,अपार माया, सद्भाव तथा सहयोग प्रति धन्यवाद दिएका छन् । यसलाई अझ व्यवसायिक तथा स्तरीय बनाउन झन्डै २ बर्ष खर्चिएको बताएका छन् ।

उक्त  विज्ञप्तिमा यसलाई अर्को स्तरमा पुर्याउन र व्यापक बनाउन अनुसन्धान र विशेषज्ञहरूसँग गहिरो परामर्श पछि मिस नेपाल यूएस छैठौ संस्करण गर्न तत्पर रहेको जानकारी दिएका छन् ।

यस वर्ष  नेपाल अमेरिका आगामी अगस्ट १९ ,२०१८ आइतबार हुने भएको छ । नेपाल 11 इन्टरटेन्टमेन्टको नयाँ व्यवस्थापन अन्तर्गत ड्यालस टेक्ससमा आयोजित गरिने भएको छ। नेपाली मूलका १८ देखि २५ बर्ष उमेरका महिलाले यो प्रतियोगितामा सहभागिता लिन पाउने छन् ।

विजेतालाई अध्ययनको लागि $ ५ हजार को आकर्षित छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिताको अन्तिम चरणमा विशेषज्ञहरुको साथमा बिस्तृत प्रशिक्षण प्राप्त गर्ने छन् ।

आयोजकले अमेरिकामा संचालनमा रहेका सबै संचार माध्यमलाई  नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्नका लागि अनुरोध समेत गरेका छन् ।

बिस्तृत जानकारीको लागि  Organizer@missnepalus.com मा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!