मिस नेपाल नर्थ अमेरिका मिस नेपाल नर्थ अमेरिका

  • मिस नेपाल नर्थ अमेरिका
  • मिस नेपाल नर्थ अमेरिका
  • मिस नेपाल नर्थ अमेरिका
  • मिस नेपाल नर्थ अमेरिका
  • मिस नेपाल नर्थ अमेरिका
  • मिस नेपाल नर्थ अमेरिका

“मिस नेपाल नर्थ अमेरिका २०१८” को ताज मोनिका घलेलाई

12 August, 2018 14:58 | प्रबास | comments | 7800 Views

मिस नेपाल नर्थ अमेरिकाविजय थापा, न्यूयोर्क – न्यू योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को ताज मोनिका घलेले जितेकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीहरुको छनौट गरिएको थियो ।

adsads

प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम विजेता सुजाता लामा तथा द्वितीय विजेता सिर्जना राई घोषित भएकी छन् ।अगष्ट ६ तारिख देखि तालिम सुरू भै अगष्ट ११ तारिख शनिवार अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ ।

मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ तारिखमा सफलतापूर्वक सम्पन्न भएको छ ।अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको थियो ।

पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ कि बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

मिस नेपाल नर्थ अमेरिकाप्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिईन । यसै गरि सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।

कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई ,हेमन्त राना, बिक्की गुरुङ ,धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको अद्वितीय प्रस्तुति रहेको थियो ।निर्णायकहरुमा क्रमश राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स, स्लेतभाना क्रामर, जोली अमात्य र फ़ातिमा रूमा रहेका थिए ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ |यसको साथै मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी, मिस पपुलर (जनता को मतद्वारा )मा स्वेता खड़का, मिस फोटोजेनिकमा करुणा अधिकारी, मिस स्किनमा आकृति शाह, मिस स्माईलमा सिर्जना राई, मिस वेस्ट ड्रेसमा संयुक्ता पुरी, मिस पर्सोनालिटीमा सनम थापा, मिस डिसीप्लेनमा श्रद्धा केसी, मिस क्याटवाकमा मोनिका घले, मिस फ्रेन्डसिपमा सुजाता लामा, मिस हेयरमा ज्योति गुरुङ, मिस राईजिग स्टारमा स्‍मृति लामिछाने भएकी थिइन् ।

तस्विर : बिक्रान्त मान श्रेष्ठ

‘मिस नेपाल नर्थ अमेरिका’को अन्तिम २० प्रतियोगीहरुको नामावली सार्वजनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मिस नेपाल नर्थ अमेरिका

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More